Tuesday, September 1, 2026
Homeअन्तराष्ट्रियधम्की कायम रहे अमेरिकासँग वार्ता हुँदैन : इरानी विदेशमन्त्री अराघची

धम्की कायम रहे अमेरिकासँग वार्ता हुँदैन : इरानी विदेशमन्त्री अराघची

काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानविरुद्धको धम्की जारी रहेसम्म अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता सुरु नहुने स्पष्ट पारेका छन्।

उनको यो प्रतिक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नभए आफूले आफ्नो अभियान पूरा नगरेसम्म नरोकिने चेतावनी दिएपछि आएको हो।

मंगलबार बीबीसीको फारसी सेवासँग कुरा गर्दै अराघचीले भने, “अमेरिकासँग भएको सम्झौताको धारा १३ स्पष्ट छ। जबसम्म इरानविरुद्धको धम्की जारी रहन्छ, अन्तिम सम्झौताका लागि वार्ता सुरु हुँदैन। तपाईंहरूले हस्ताक्षर गरेका प्रतिबद्धताप्रति इमानदार रहनुपर्छ।”

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई लक्षित गर्दै “या त सम्झौता हुनेछ, अन्यथा हामी हाम्रो काम पूरा गर्नेछौँ” भन्ने चेतावनी दिएका थिए।

अराघचीले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिको प्रसंग उल्लेख गर्दै इरानी जनताको एकता र दृढताको पनि प्रशंसा गरे।

उनले भने, “इरानका पूर्व नेतालाई श्रद्धाञ्जली दिन लाखौँ इरानीहरू एकताबद्ध भएर भेला भएका थिए। इरानी जनता र हाम्रो बहादुर सेना कुनै पनि खतरासँग डराउने छैन।”

अराघचीको पछिल्लो अभिव्यक्तिले इरान–अमेरिका सम्बन्धमा जारी तनाव अझै कायमै रहेको संकेत गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका