Wednesday, June 3, 2026
Homeअपराध र घटनाधनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

धनुषा : यहाँ पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको शुक्रबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो । दिउँसो १२ : ०० बजेतिर घर नजिकैको पोखरीमा नुहाउन गएका बालिकाको पानीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिता रहेको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका