Sunday, April 19, 2026
Homeविचित्र संसारदोस्रो विश्वयुद्धमा हराएको सेनाको चिठ्ठी ७६ वर्षपछि उनकै घरमा पुग्यो

दोस्रो विश्वयुद्धमा हराएको सेनाको चिठ्ठी ७६ वर्षपछि उनकै घरमा पुग्यो

दोस्रो विश्व युद्धमा सेनाले लेखेको चिठ्ठी ७६ वर्षपछि मासाचुसेट्समा उनकै घरमा पु-याइएको छ । उक्त समयमा यो चिठ्ठी जर्मनीबाट पठाइएको थियो ।

अमेरिकी सेना जोन गोनसाल्भ्स त्यतिबेला २२ वर्षका थिए । उनले वोबर्नस्थित आफ्नी आमालाई सन् १९४५ डिसेम्बरमा पत्र लेखेका थिए । त्यतिबेला दोस्रो विश्वयुद्धको आधिकारिक समाप्तिको घोषणा गरिसकिएको थियो ।

उक्त पत्र ७५ वर्षभन्दा बढी समयदेखि नखोलिएको अवस्थामा रह्यो । यो पत्र पिटर्सबर्गस्थित युएस पोस्टल सर्भिस डिस्ट्रिब्यूसन फ्यासिलिटीले प्राप्त गर्यो ।

‘प्रिय आमा, आज तपाईंले पठाउनु भएको अर्को पत्र पाएँ । सबैकुरा राम्रो छ भन्ने थाहा पाएर खुसी लाग्यो,’ उक्त पत्रमा लेखिएको छ । ‘मेरो कुरा गर्नुपर्दा, यहाँ सबै ठिकै छ । तर खानाको कुरा गर्ने हो भने धेरैजसो राम्रो खाना नै पाइँदैन ।’

उनले अन्तिममा पत्रमा हस्ताक्षर गर्दै लेखेका छन्, ‘लभ एण्ड किसेस, तपाईंको छोरा जोनी । तपाईंलाई छिट्टै भेट्नेछु, आशा छ ।’

गोन्साल्भ्सको सन् २०१५ मा निधन भइसकेको छ । उनकी आमा पनि निधन भइसकेको छ । तर युएसपीएसले उनकी विधवा श्रीमती, एन्जेलिनाको ठेगाना पायो । जोनीले एन्जेलिनालाई उक्त पत्र पठाएको पाँच वर्षपछि भेटेका थिए ।

दशकौँ पुरानो पत्रसहित युएसपीएसका कर्मचारी आफैंले पनि एउटा पत्र लेख्दै भनेका छन्, ‘सात दशक अघि यो चिठ्ठी कहाँ थियो भन्ने विषयमा हामी अनिश्चित छौँ । तर हाम्रोमा यो  झण्डै ६ साता अघि आइपुगेको छ । तपाईंको पारिवारिक इतिहाका लागि यो चिठ्ठी औचित्यपूर्ण छ । यो चिठ्ठी पु¥याउनु हाम्रा लागि सबैभन्दा महत्वको विषय भएको छ ।’

जोनको परिवारले उक्त पत्र पाएपछि उनीहरुले युएसपीएसलाई फोन गरेर धन्यवाद दिए ।

‘एकचोटी सोच्नुहोस् त, ७६ वर्ष ! ’ एन्जेलिना गोन्साल्भेसले भनिन् । ‘मलाई यसलाई रत्तिभर पनि विश्वास लागिरहेको छैन । उनको हस्तलिखित पत्र र यो सबै । यो निकै अद्भूत हो ।’

एन्जेलिनाले अर्को एउटा बिदा आफ्ना श्रीमानबिना बिताइन् । तर यसवर्ष उनले भनिन्, ‘तपाईंलाई थाहा छ, उनी यसवर्ष म भएठाउँ आए जस्तै लाग्यो ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका