Saturday, November 7, 2026
Homeसामाचारदेशभर सामान्य मौसम, अधिकांश क्षेत्रमा आकाश सफा

देशभर सामान्य मौसम, अधिकांश क्षेत्रमा आकाश सफा

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेशगत रूपमा हेर्दा गण्डकी र कर्णालीका उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा छ।

आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। अन्य अधिकांश भूभागमा आकाश सफै रहने महाशाखाले जनाएको छ।

यस्तै, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य प्रदेशमा मौसम मुख्यतः सफा रहने छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका