काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। गण्डकी र लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको जनाइएको छ।
आज दिउँसो पनि देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र अन्य भूभागमा मौसम सफा रहने महाशाखाले जानकारी दिएको छ।


