Saturday, November 7, 2026
Homeसामाचारदेशभर मौसम सामान्य, केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा राति पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका