काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेकामा अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो पनि कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफैँ रहने महाशाखाको अनुमान छ।
आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।


