Monday, August 10, 2026
Homeसामाचारदेशभर मनसुनी वर्षाको सम्भावना, केही प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी

देशभर मनसुनी वर्षाको सम्भावना, केही प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

हाल कोशी र लुम्बिनी प्रदेशका सबै भू–भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ। मधेश प्रदेश तथा बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो देशभर बदली

आज दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना रहेको छ। पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

राति पनि वर्षाको क्रम जारी रहने

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको सम्भावना छ। पहाडी भू–भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।

मधेश र कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णालीका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी एवं तराई क्षेत्रका केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

बाढी, पहिरो र भूक्षयको जोखिम

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन तथा पर्वतारोहणमा समेत असर पर्नसक्ने तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका