Sunday, November 8, 2026
Homeसामाचारदेशभर मनसुनी प्रभाव जारी, कोशीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव जारी, कोशीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको सम्भावना

काठमाडौँ, ९ असार: हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले अधिकांश स्थानमा बदली मौसम र वर्षाको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनअनुसार देशभर आंशिकदेखि सामान्य बदली रहन सक्छ।

⛈ आज दिउँसोको अवस्था:
पहाडी भूभागका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना।

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपात हुने सम्भावना।

🌧 आज रातिको अवस्था:
देशभर आंशिकदेखि सामान्य बदली रहने।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा।

यी प्रदेशका केही ठाउँहरूमा भारी वर्षा, साथै एक–दुई स्थानमा अत्यधिक (धेरै भारी) वर्षाको सम्भावना।

हिमाली क्षेत्रहरूमा पुनः हल्का वर्षा वा हिमपातको सम्भावना कायम।

⚠️ सुझाव:
मौसम पूर्वानुमान महाशाखाले नदी तटीय, पहिरो सम्भावित क्षेत्र तथा कमजोर भूगोलमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका