Sunday, August 9, 2026
Homeसामाचारदेशभर मनसुनी प्रभाव, कोशीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव, कोशीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहेको छ भने देशका बाँकी भूभागमा आंशिकदेखि मुख्यतया सफा मौसम रहेको छ। बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्नेछ। मधेश प्रदेश, कर्णाली प्रदेशको पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग, बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग, मधेश प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका