Tuesday, July 28, 2026
Homeसामाचारदेशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा लुम्बिनी र मधेश प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागमा व्यापक रूपमा बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदलीको सम्भावना छ।

हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ। साथै लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान, बागमती र गण्डकीका केही तराई क्षेत्र तथा कोशी र मधेशका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।

विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र, साथै बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

आज राति पनि हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका तराई क्षेत्रमा बदली कायम रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ।

रातिको समयमा पनि हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनीका तराईका केही स्थान, कोशी र सुदूरपश्चिमका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला र पहिरो प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका