Sunday, November 8, 2026
Homeसामाचारदेशभर मनसुनी गतिविधि कमजोर, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी गतिविधि कमजोर, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ८ साउन – हाल देशभर मनसुनको प्रभाव कमजोर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सामान्यभन्दा दक्षिणतर्फ सरेकोले वर्षाको सक्रियता कम भएको महाशाखाले स्पष्ट पारेको छ।

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदलीको अवस्था रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा अन्य भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

आज राति पनि कोशी, मधेस र बागमती प्रदेश तथा देशका पहाडी क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने जनाइएको छ।

महाशाखाले प्रकाशित मौसम बुलेटिनअनुसार राति कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यसका साथै, कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनीसमेत महाशाखाले दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका