Saturday, November 7, 2026
Homeसामाचारदेशभर पश्चिमी वायूको प्रभाव, तराईमा हुस्सु–कुहिरो

देशभर पश्चिमी वायूको प्रभाव, तराईमा हुस्सु–कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायूको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। तराईका धेरै स्थानहरूमा भने हुस्सु लागेको छ।

महाशाखाले जनाएअनुसार दिउँसो तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली भू–भागमा मौसम प्रायः सफा रहनेछ।

त्यस्तै, राति पनि तराईका धेरै स्थानहरूमा हुस्सु रहने अनुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका