काठमाडौं । सोमबार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
यसैगरी, देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा राति पनि हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहनेछ।


