काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ भने बाँकी अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।
आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहनेछ। अन्य प्रदेशमा भने मौसम सामान्यतया सफै रहनेछ।
आज राति पनि कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले बताएको छ।


