काठमाडौँ, २६ पुस : देशभर पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु÷कुहिरो लागेको छ भने अन्य तराई भू–भागका केही स्थानहरूमा पनि हुस्सु देखिएको छ ।
आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा मध्यान्नसम्म हुस्सु÷कुहिरो रहने अनुमान गरिएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागिरहनेछ भने देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।


