नेपाल मा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान अनुसार तराई भू–भागका केही स्थानमा तुवाँलो लागेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ।
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ। अन्य अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन्।
आज दिउँसो तराई क्षेत्रका केही स्थानमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। ती प्रदेशका पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। साथै लुम्बिनी प्रदेश सहित सुदूरपश्चिमको तराई तथा अन्य पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
आज राति पनि तराईका केही स्थानमा तुवाँलो रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


