Saturday, November 7, 2026
Homeसामाचारदेभर न्यून चापीय प्रणालीको प्रभाव: पहाडी–हिमाली क्षेत्रमा बदली, हल्का वर्षा र हिमपातको...

देभर न्यून चापीय प्रणालीको प्रभाव: पहाडी–हिमाली क्षेत्रमा बदली, हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, ११ माघ। हाल नेपालमा देभर न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ। यसको प्रभावका कारण कोशी, मधेस र बागमती प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार पूर्वी तथा मध्य तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने अनुमान गरिएको छ।

आज राति सुदूरपश्चिम प्रदेशसहित पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने जनाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका