Thursday, October 29, 2026
Homeराजनीतिदेउवा, ओली र प्रचण्डबीच भेटवार्ता, झापामा सघाउन ओलीको अनुरोध

देउवा, ओली र प्रचण्डबीच भेटवार्ता, झापामा सघाउन ओलीको अनुरोध

काठमाडौं । नेपाली कांग्रेसका निबर्तमान सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। स्रोतका अनुसार उक्त भेट आइतबार भएको हो।

आगामी निर्वाचनमा देउवा उम्मेदवार नभए पनि ओली र प्रचण्ड भने उम्मेदवार रहेका छन्। भेटवार्तामा मुख्य रूपमा निर्वाचनकै विषयमा छलफल भएको बताइएको छ। स्रोतका अनुसार ओलीले देउवा र प्रचण्डसँग सहयोगको आग्रह गरेका थिए।

ओलीले विशेषगरी आफ्नै निर्वाचन क्षेत्र झापा–५ मा सहयोग गर्न आग्रह गरेको जनाइएको छ। त्यस्तै, उनले झापा र दाङ क्षेत्रमा सहयोगको अपेक्षा व्यक्त गरेका थिए। झापामा ओली स्वयं उम्मेदवार रहेका छन् भने दाङमा उनका विश्वासपात्र तथा एमाले महासचिव शंकर पोखरेल उम्मेदवार छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका