काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले उनलाई शुक्रबार काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार निर्वाचन आयोगले दिएको उजुरीका आधारमा साइबर ब्युरोमार्फत प्रसाईंलाई नियन्त्रणमा लिइएको हो।
आयोगले प्रसाईंमाथि प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी आचारसंहिता विपरीत गतिविधि गरेको तथा विद्युतीय कारोबार ऐन, २०७४ को दफा ४७ अन्तर्गत कसुर गरेको आरोप लगाउँदै कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको थियो।
प्रसाईं यसअघि पनि विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन्।


