Thursday, May 21, 2026
Homeसामाचारदुर्गा प्रसाईंको थुना प्रकरणमा २४ घण्टाभित्र जवाफ पेश गर्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईंको थुना प्रकरणमा २४ घण्टाभित्र जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुना प्रकरणमा २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न सुरक्षा निकायलाई आदेश दिएको छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो।

अदालतले प्रसाईंलाई किन र कुन आधारमा नियन्त्रणमा राखिएको हो भन्ने स्पष्ट विवरणसहित जवाफ पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका