काठमाडौं । संघीय संसदअन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्दै छन्। आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति को बैठक बिहान ११ बजेका लागि तय गरिएको छ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको प्रगति, व्यवस्थापन तथा समग्र अवस्थाबारे सम्बन्धित विभाग र आयोजना पक्षसँग छलफल गरिने कार्यसूची रहेको छ।
त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा कर्णाली प्रदेश मा सम्पन्न स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमबाट तयार पारिएको प्रतिवेदनमाथि विस्तृत छलफल हुने जनाइएको छ।
दुवै समितिका बैठकबाट सम्बन्धित विषयमा आवश्यक सुझाव, निष्कर्ष तथा आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।


