Friday, May 8, 2026
Homeसामाचारदार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । निर्वाचन ड्युटी सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ।

भीरबाट लडेर गम्भीर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टका अनुसार बिहीबार घर फर्किने क्रममा धामी लेकम गाउँपालिका–१ मा भीरबाट लडेर गम्भीर घाइते भएका थिए।

घाइते धामीलाई उपचारका लागि धनगढी लगिएको थियो। तर उपचारकै क्रममा आज उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका