काठमाडौँ, ९ असोज। अध्यागमन विभागले बडादसैँको सार्वजनिक बिदाको अवधिमा विजयादशमीका दिनबाहेक अन्य दिनमा पर्यटक भिसा तथा एजेन्सी शाखा खुला रहने जनाएको छ।
विभागका अनुसार यही असोज १६ गते विजयादशमीको दिन मात्र सेवा बन्द रहनेछ भने बाँकी दिनहरूमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट नियमित सेवा प्रदान गरिनेछ।
अध्यागमन अधिकृत शिवकुमार अधिकारीले प्रकाशित सूचना मार्फत सार्वजनिक बिदामा मुख्य दिनबाहेक अन्य दिनमा सेवा सञ्चालनमा रहने जानकारी दिएका हुन्।


