काठमाडौं : दसैं नजिकिएसँगै काठमाडौं उपत्यका छोड्ने क्रम सुरु भएको छ । विजयादशमी नजिकिएसँगै बसपार्क आसपास, सडकमा किनारमा भीड लागेको हो।
दसैंका लागि लामो दूरीका यातायातहरुमा असोज दोस्रो साताबाट अग्रिम टिकट बुकिङ खुला भएको थियो। कलंकीबाट रातको समयमा घर फर्कनेको लर्को लागेको छ। अन्नपूर्णकर्मी अशोक दुलालले उनीहरुको तस्बिर क्यामरामा कैद गरेका छन्।



