Saturday, September 5, 2026
Homeअन्तराष्ट्रियदक्षिण कोरियासँग हटलाइन सेवा सुचारु गर्न किम जोङ उनको प्रस्ताव

दक्षिण कोरियासँग हटलाइन सेवा सुचारु गर्न किम जोङ उनको प्रस्ताव

प्योङयाङ : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियासँगको हटलाइन सेवा सुचारु गर्न प्रस्ताव गरेका छन्। उनले दक्षिण कोरियासँगको विशेष सञ्चार सम्बन्ध पुनः स्थापना गर्न चाहेको बताएका हुन्।

उनले प्योङयाङमा संसदको वार्षिक अधिवेशनलाई सम्बोधन गर्दै यस्तो प्रस्ताव गरेका हुन्। छोटो दूरीमा मार हान्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको केही दिनपछि नै उनले यस्तो प्रस्ताव गरेका हुन्। उनले उत्तर कोरियाप्रति रहेको ‘शत्रुतापूर्ण नीति’ परिवर्तनबिना अमेरिकाले वार्ता प्रस्ताव गरेको समेत आरोप लगाए।

दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासको विरोध गर्दै उत्तरले अगस्टमा हटलाईन हटाएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका