Saturday, September 19, 2026
Homeसामाचारदक्षिण कोरियाको ईपीएस भिसा शुल्क बढ्यो, अब तिर्नुपर्ने ११ हजार ३०० रुपैयाँ

दक्षिण कोरियाको ईपीएस भिसा शुल्क बढ्यो, अब तिर्नुपर्ने ११ हजार ३०० रुपैयाँ

काठमाडौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने नेपाली श्रमिकका लागि भिसा शुल्क वृद्धि गरेको छ।

काठमाडौंस्थित दक्षिण कोरियाली राजदूतावासका अनुसार ईपीएसमार्फत कोरिया जाने श्रमिकले अब भिसा शुल्कबापत ११ हजार ३०० रुपैयाँ तिर्नुपर्नेछ।

ईपीएस शाखा, ग्वार्कोले पनि सूचना जारी गर्दै सिसिभिआई (CCVI) भिसा शुल्कमा ६ सय रुपैयाँ वृद्धि गरिएको जनाएको छ।

यसअघि उक्त भिसा शुल्क १० हजार ७०० रुपैयाँ रहेकोमा अब बढाएर ११ हजार ३०० रुपैयाँ कायम गरिएको हो।

नयाँ शुल्क तत्काल लागू भएको ईपीएस शाखाले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका