Sunday, May 31, 2026
Homeमुख्य समाचारत्रिभुवन विमानस्थलमा एउटै जहाज छिनमै उड्ने र छिनमै बस्ने किन गरिरहेको छ...

त्रिभुवन विमानस्थलमा एउटै जहाज छिनमै उड्ने र छिनमै बस्ने किन गरिरहेको छ ?

७ असार, काठमाडौं । आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा हवाईजहाज छिनमै उड्ने र छिनमै बस्ने ग¥यो । सर्वसाधारणलाई अनौठो लाग्ने यो दृष्यले धेरैको ध्यान खिच्यो ।

नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो किन भइरहेको छ ? कुनै आपतविपत पो आइलाग्यो कि ? तर होइन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार पाइलटले हवाईजहाज उडाउने अभ्यास गरिरहेकाले यस्तो दृष्य देखिएको हो ।

सोमबार बिहानैदेखि हिमालय एयरलाइन्सले आकाश खालि भएको मौकामा आफ्ना पाइलटलाई अभ्यास गराइरहेको छ । त्यही भएर हिमालय एयरलाइन्सको हवाईजहाज एकछिन आकाशमा फन्को मारेर ल्याण्ड गर्छ र केहीबेरमै फेरि उड्छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका