Saturday, May 2, 2026
Homeसामाचारतिलगंगामा बस्ती हटाउने सूचना पछि स्थानीय त्रासमा, मुआब्जा र पुनर्स्थापनामा अन्योल

तिलगंगामा बस्ती हटाउने सूचना पछि स्थानीय त्रासमा, मुआब्जा र पुनर्स्थापनामा अन्योल

काठमाडौं। काठमाडौं महानगरपालिका वडा–८ तिलगंगा ‘बी–१३’ का बासिन्दाहरू बस्ती खाली गराउने सरकारी सूचनापछि त्रासमा परेका छन्।

बिहीबार माइकिङमार्फत बस्ती हटाउन सूचना दिइएपछि करिब एक सय घरधुरीमा असुरक्षा र अन्योल बढेको हो।

स्थानीयका अनुसार पशुपति क्षेत्र विकास कोषले मुआब्जा उपलब्ध गराई गोठ्ठाटार क्षेत्रमा पुनर्स्थापनाका लागि जग्गा दिने सहमति गरे पनि अहिलेसम्म कार्यान्वयन नभएको गुनासो छ।

“हामी कहाँ जाने, कहाँ बस्ने र कसरी जीविकोपार्जन गर्ने भन्नेबारे अझै स्पष्टता छैन,” स्थानीयले बताएका छन्।

सम्झौता अनुसार पुनर्स्थापनाको व्यवस्था नगरी बस्ती हटाउने तयारी गरिएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। कोषले जग्गा उपलब्ध नगराएको अवस्थामा सरकारले डोजर चलाउने तयारी गरेपछि बासिन्दाहरू थप चिन्तित बनेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका