जब धर्म हुने हानी, अवतार लिईकन
आउँछन् ईश धर्तीमा, त्यस्तै रूप गरीकन।
नेपाली धर्म भाषाका संरक्षण गरूँ भनी
आयौ तिमी धरामा, यो बनी नेपाल जीवनी।।
नेपाली भाव भाषामा रामायण रचीकन
छन्दमा लय हालेर भयौ नेपालका धन।
श्रद्धाञ्जली र सम्मान, भानुभक्त तिमी प्रति
अमर आकाश छौँ, श्रद्धा सुम्पन्छु म तिमी प्रति।।
– हरिभक्त सिग्देल ‘महेश’


