काठमाडौँ, १९ पुसः ताप्लेजुङ र पाँचथरको सीमा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार आज बिहान ६ः१३ बजे ४.६ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्रमा अवस्थित भएकाले यहाँ विभिन्न समयमा साना–ठूला भूकम्प जाने क्रम जारी रहन्छ।


