Monday, September 21, 2026
Homeसामाचारताप्लेजुङको मेरिङदेनमा आगलागी

ताप्लेजुङको मेरिङदेनमा आगलागी

ताप्लेजुङ: ताप्लेजुङमा मङ्गलबार आगालागी हुँदा दुई ओटा घर जलेका छन् । मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घरनजिकै रहेका दुईवटा गोठ पनि जलेका छन् । जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सात ओटा घर जलेका उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका