Friday, April 17, 2026
Homeदेश र प्रदेशतराई मधेशमा आज भरदुतिया पर्व मनाइँदै

तराई मधेशमा आज भरदुतिया पर्व मनाइँदै

महोत्तरी : तराई–मधेशमा आज भाई–बहिनीको स्नेह र प्रेमको प्रतीक भरदुतिया पर्व मनाइँदै छ। यो पर्व दीपावलीको दुई दिन पश्चात् अर्थात् कार्तिक महिनाको शुक्ल पक्ष द्वितीया तिथिको मनाइने परम्परा रहेको छ।

पर्व मनाउने क्रममा बहिनीहरुले आ-आफ्ना भाइलाई निमन्त्रणा दिएर आफ्नो घर बोलाउने गर्छन्। दिदीबहिनीले दाजुभाईलाई चामलको पिठोले अरिपन बनाएर काठको पिडहीमा बसाउँछन्। त्यसपछि दाजुभाईको हातमा पान सुपारी राखेर मैथिली भाषामा मन्त्र उच्चारण गरिन्छ। मन्त्रमार्फत दिदीबहिनीले दाजुभाईको दीर्घायुको कामना गर्छन्।  पूजा सकिएपछि दाजुभाईलाई मिठाईलगायत परिकार खुवाउने चलन छ।

तिहारको भाइटीका र यो पर्वको मान्यता एउटै भएपनि ठाउँ अनुसार मनाउने विधि भने फरक फरक पाइन्छ। दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई भाइटीका र भरदुतिया मनाइँदैछ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका