Thursday, June 4, 2026
Homeमुख्य समाचारतनहुँ आगलागी : यस्तो छ क्षतिको विवरण

तनहुँ आगलागी : यस्तो छ क्षतिको विवरण

तनहुँको तनहुँको व्यास नगरपालिका–४ मा आइतबार भएको आगलागीबाट करोडौंको क्षति भएको छ । प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ । आइतबार भुपाल हार्डवयर पसलबाट अचानक सुरु भएको आगलागी अन्यत्र पनि फैलिएको थियो । आगलागीबाट भुपाल हाडर्वयर पसल र गोदामपूर्ण रुपमा क्षतिभएको छ ।  यस्तै वरपरका अन्य ९ वटा घर आंशिक रुपमा क्षति भएको छ भने तनहुँसुर मिनि मार्केटको अगाडीको २ वटा सटरहरुमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार तनहुँ ब्यास नगरपालिका–४ बस्ने भुपाल आलेले सञ्चालन गरेको हाडवयर पसल र गोदाम पुर्ण रुपमा क्षति भएको छ । सोही स्थानका ज्योती कुमार श्रेष्ठको ३ तले पक्कीघरको पछाडी भाग आंशिक र गोदाम पूर्ण रुपमा नष्ट भएको छ ।

यसैगरी, बलराम रानाको ३ तले पक्की घरको पछाडी १ साइड जलि आंशिक रुपमा क्षति भएको, बस्ने कृष्ण बहादुर थापाले सञ्चालन गरेको तनहुँसुर मिनी मार्केटको अगाडी २ वटा सटर आंशिक क्षति, होम बहादुर गुरुङको ३ तले पक्की घरको पछाडी भागको झ्याल ढोका लगायत घरको गारोमा समेत क्षति, राममाया गुरुङको ३ तले पक्की घर घरको पछाडी भागको झ्याल ढोका लगायत घरको गारोमा समेत क्षति,लाल बहादुर गुरुङको ४ तले पक्की घरको पछाडीको भाग झ्याल ढोका जलि आंशिक रुपमा क्षती भएको जनाइएको छ ।

त्यस्तै, लिल बहादुर बि कको  २ तले पक्कीघरको पछाडीको झ्यालको चौकास जलि आंशिक रुपमा क्षती भएको, नविन गुरुङको ४ तले पक्की घरको पछाडीको झ्याल ढोका जलि आंशिक रुपमा क्षति भएको, दिपक कुमार श्रेष्ठको ३ तले पक्की घरको पछाडीको झ्यालको सिसा फुटि क्षती भएको र बिरदेव धमेलको ३ तले पक्की घरको पछाडी झ्यालको चौकास समान्य रुपमा जलि क्षती भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका