रामचन्द्र पौडेल बाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनी सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्न पुगेका हुन्।
शर्मा मंगलबार नै संसदीय सुनुवाइ समिति बाट प्रधानन्यायाधीश पदका लागि अनुमोदित भएका थिए। त्यसपछि शीतल निवास मा आयोजित समारोहमा राष्ट्रपतिले उनलाई शपथ गराएका थिए।
न्याय परिषद् ले बुझाएको ६ जनाको सूचीमध्ये सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश शर्मालाई संवैधानिक परिषद् ले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
वरिष्ठताको परम्परा मिचेर नियुक्ति गरिएको भन्दै नेपाल बार एशोसिएशन लगायत कानुनी क्षेत्रका विभिन्न संघसंस्थाले यसको विरोध गर्दै आएका छन्। उनीहरूले यस कदमले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र स्वच्छतामाथि प्रश्न उठाएको बताएका छन्।
सर्वोच्च अदालतमा रोलक्रमअनुसार सपना प्रधान मल्ल वरिष्ठतम् न्यायाधीश हुन्।
सरकारले संवैधानिक परिषद् सम्बन्धी ऐन संशोधन गर्दै ल्याएको अध्यादेशमार्फत ६ सदस्यीय परिषद्मा प्रधानमन्त्रीसहित तीन सदस्य उपस्थित भए पनि निर्णय गर्न सकिने व्यवस्था गरिएको थियो। विपक्षी दलहरूको असहमतिका बीच सोही व्यवस्थाअनुसार संवैधानिक परिषद्ले शर्माको नाम सिफारिस गरेको थियो।


