Saturday, November 7, 2026
Homeसामाचारडा. निकोलश भुसाल गोरखाबाट पक्राउ, सामाजिक सञ्जालमा अराजक अभिव्यक्तिको आरोप

डा. निकोलश भुसाल गोरखाबाट पक्राउ, सामाजिक सञ्जालमा अराजक अभिव्यक्तिको आरोप

काठमाडौं । सामाजिक सञ्जालमार्फत लगातार विवादित र अराजक अभिव्यक्ति दिँदै आएका डा. निकोलश भुसाललाई प्रहरीले पक्राउ गरेको छ।

प्रधानमन्त्री सुशीला कार्की, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरका मेयर बालेन्द्र साहविरुद्ध आपत्तिजनक अभिव्यक्ति सार्वजनिक गर्दै आएका भुसाललाई गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

भुसालमाथि सामाजिक सञ्जालमा उत्तेजनात्मक अभिव्यक्ति दिई हिंसा भड्काउने प्रयास गरेको आरोप लगाइएको छ। उनले गत २४ भदौमा पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध अराजक टिप्पणी गर्दै घर जलाउने धम्की दिएका थिए।

त्यसअघि, उनले २३ भदौमा ‘जेनजी आन्दोलन’का क्रममा भएको दमनका जिम्मेवार ओली र लेखकलाई ‘हत्यारा’ भनेर आरोप लगाएका थिए। सरकारको निष्क्रियताप्रति असन्तुष्टि जनाउँदै भुसालले पत्रकार सम्मेलनमार्फत कारबाही नभए आफूले ‘घरमै आक्रमण गर्ने’ चेतावनीसमेत दिएका थिए।

प्रधानमन्त्री कार्कीमाथि समेत ‘हुतिहारा’ भएको अभिव्यक्ति दिएका भुसालले आफूलाई कारबाही गरेर देखाउन सरकारलाई खुला चुनौती दिएका थिए।

पक्राउ परेका भुसालमाथि आवश्यक अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका