Thursday, September 10, 2026
Homeसामाचारटेक्नो मोबाइल नेपालद्वारा विपद् उद्धार कोषमा १० लाख सहयोग

टेक्नो मोबाइल नेपालद्वारा विपद् उद्धार कोषमा १० लाख सहयोग

काठमाडौं । अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ।

‘टेक्नो स्ट्यान्ड्स विथ नेपाल’ अभियानअन्तर्गत प्रदान गरिएको उक्त सहयोग कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)प्रतिको प्रतिबद्धताको हिस्सा रहेको कम्पनीले जनाएको छ।

टेक्नो मोबाइल नेपालका महाप्रबन्धक शंकर मैनालीसहितको टोलीले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। उक्त रकम विपद्बाट प्रभावित नागरिकका लागि सरकार तथा सम्बन्धित निकायमार्फत सञ्चालन हुने राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा उपयोग हुनेछ।

विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले नेपाली समाजप्रतिको आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कम्पनीले प्राकृतिक विपद्का बेला प्रभावित नागरिक तथा समुदायसँग एकताबद्ध भएर उभिनु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ। आर्थिक सहयोगमार्फत नेपाली जनताप्रतिको ऐक्यबद्धता, संवेदनशीलता र जिम्मेवारी व्यक्त गर्न खोजिएको कम्पनीको भनाइ छ।

टेक्नो मोबाइल नेपालले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार समुदाय तथा राष्ट्रका लागि सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका