Saturday, May 2, 2026
Homeकला/साहित्यटर्किस चित्र कथा ‘मर्मत गर्न सिपालु मानिस’ नेपाली भाषामा

टर्किस चित्र कथा ‘मर्मत गर्न सिपालु मानिस’ नेपाली भाषामा

हसन खारजाको लेखन र रेजा हेम्मातिराडको चित्राङ्कनमा रहेको टर्किस भाषाको चित्र कथा ‘मर्मत गर्न सिपालु मानिस’ नेपाली भाषामा प्रकाशित भएको छ । राजीवधर जोशीले अनुवादगरेको चित्रकथामा एउटा मान्छे आफ्नो कोठामा राखिएको फूलदानीदेखि झ्याल, भित्तो, सिलिङ हुँदै सारा घर नै मर्मत गरेको कथा छ ।

‘ऊ मर्मत गर्न सिपालु हुन्छ । तर मर्मत गरिएको कुनै सामान र वस्तु पहिला जस्तो दुरुस्त हुँदैन । मर्मत गर्ने क्रमलाई निरन्तरता दिँदै त्यो मान्छे समग्र देश नै मर्मत गर्न भ्याउँछ । तर केही समयपछि सम्पूर्ण देश नै उसकै अगाडि भत्किन्छ ।’
सात वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा नौ वर्षमाथिका बालबालिकाले आफै अध्ययन गर्न पुस्तक उपयुक्त रहेको बताइएको छ  ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका