Tuesday, May 5, 2026
Homeसामाचारझापामा सुकुम्बासीको विरोध र्याली, बसोबास अधिकार सुनिश्चित गर्न माग

झापामा सुकुम्बासीको विरोध र्याली, बसोबास अधिकार सुनिश्चित गर्न माग

दमक । भूमि अधिकार तथा श्रमिक संगठन को आयोजनामा झापाको कमल गाउँपालिका मा रहेका भूमिहीन तथा सुकुम्बासीहरूले सोमबार विरोध र्यालीसहित गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन्।

सरकारले काठमाडौंसहित देशका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमा जबरजस्ती डोजर प्रयोग गरी हटाउने कार्य गरेको र त्यसले दैनिक जीवन कष्टकर बनेको आरोप लगाउँदै उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

कमल गाउँपालिकाका विभिन्न क्षेत्रबाट सहभागी भूमिहीन, सुकुम्बासी तथा श्रमिकहरूले बसोबासको अधिकार सुनिश्चित गर्नुपर्ने, वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउन नहुने तथा राज्यले सम्मानजनक जीवनको ग्यारेन्टी गर्नुपर्ने माग राखेका थिए।

उनीहरूले गाउँपालिकाको कार्यालयमा पुगेर उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी लाई ज्ञापन पत्र बुझाएका हुन्। संगठनका अध्यक्ष दिपक गौतम ले उक्त जानकारी दिएका छन्।

¥यालीपछि आयोजित कोणसभामा वक्ताहरूले केही व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गरेको घटनालाई आधार बनाएर समग्र सुकुम्बासी समुदायलाई अपराधीकरण गर्न खोजिएको आरोप लगाए। उनीहरूले वास्तविक भूमिहीन तथा वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकहरूको समस्या समाधानमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

वक्ताहरूले भूमिसम्बन्धी समस्या समाधान आयोग मार्फत वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थित बसोबासको व्यवस्था गर्न माग गरेका छन्। साथै, बल प्रयोग गरेर समस्या समाधान नहुने भन्दै सरकारलाई सुकुम्बासीप्रति मानवोचित व्यवहार गर्न आग्रह गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका