Wednesday, June 3, 2026
Homeसामाचारझापामा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, रुपन्देहीमा ट्रयाक्टरबाट खस्दा

झापामा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, रुपन्देहीमा ट्रयाक्टरबाट खस्दा

झापाको बुद्धशान्ति गाउँपालिका–१ पुलचोकमा सोमबार साँझ ट्रकमा ठोक्किएर मोटरसाईकल पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक बुद्धशान्ति गाँउपालिका–४ का २५ वर्षीय अन्जन फागो रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा  बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा गएराती सवा ९ बजे  मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो साँझ पौने ६ बजे फागोले चलाएको नम्बर नखुलेको मोटरसाईकल ना ३ ख ५४ ६२ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटना पश्चात ट्रक चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बुधबारले जानकारी दिएको छ । यसैबीच रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा हिजो बेलुकी गुडिरहेको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–४ का १६ वर्षीय संगम थारु रहेका छन् । ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका थारुको उपचारको क्रममा भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु १ त ६८ ४२ नम्बरको ट्रयाक्टरमा सवार थारु हिजो बेलुकी ७ बजे सोही ट्रयाक्टरबाट खसेका थिए । ट्रयाक्टर सहित चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका