भनिन्छ नि प्रेम लुकाउन सकिदैन । यस्तै, बलिउडका चर्चित सेलिब्रेटी छन् जो आफ्नो प्रेम सम्बन्ध लुकाउन चाहान्छन् तर जति नै कोसिस गरेपनि उनीहरुको अफेयरले चर्चा पाएरै छोड्छ । यस्तै, बलिउडका केही नयाँ अनुहारहरु छन् जसको प्रेमले चर्चा पाइरहेको छ ।
किम शर्मा र लिएन्डर पेस
बलिउड अभिनेत्री किम शर्मा र टेनिस खेलाडी लिएन्डर पेसको सम्बन्धलाई लिएर लामो समयदेखि अड्कलबाजी चलिरहेको थियो । तर, दुवैले अहिले आएर आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल इन्सटाग्राममा एक तस्विर पोस्ट गर्दै दुवैले आफूहरु प्रेममा रहेको स्वीकार गरेका हुन् ।
किमले आफ्नो अकाउन्टबाट सेयर गरेको तस्बिरमा लिएन्डरको अँगालोमा मुस्कुराई रहेको देखिन्छ । फोटोको क्याप्सनमा उनले जोडीको इमोजी पनि राखेकी छन् । लिएन्डरले पनि सोही तस्विरलाई रिपोस्ट गर्दै ‘जादू’ लेखेका छन् ।
गत जुलाईमा उनीहरुको फोटो सार्वजनिक भएको थियो । गोवाको एक रेस्टुरेन्टले उनीहरुको तस्बिर सेयर गरेका थिए । त्यस्तै, मुम्बईमा पनि दुवै सँगै देखिएका थिए ।
दिशा पाटनी र टाइगर श्राफ
लामो समयदेखि दिशा र टाइगरको अफेयरको चर्चा लामो समयदेखि चल्दै आएको छ । उनीहरु पहिलोपटक फिल्म ‘बागी–२’ मा एकसाथ देखिएका थिए । त्यसपछि उनीहरुको सम्बन्धको चर्चा चल्न थाल्यो । दुवै पार्टीहरु, कार्यक्रम, जिम र फुटबल ग्राउन्डमा पनि एकसाथ देखिन्छन् । तर, यी दुईले आफूहरु प्रेममा भए नभएको कुरालाई बाहिर ल्याएका छैनन् ।
श्रद्धा कपूर र रोहन श्रेष्ठ
अभिनेत्री श्रद्धा आफ्नो व्यक्तिगत जीवनको विषयमा कहिल्यै खुलेर कुरा गर्दिनन् । तर, सार्वजनिक स्थलमा श्रद्धा र फोटोग्राफर रोहन श्रेष्ठ एकसाथ देखिन्छन् । उनीहरुको विवाहको विषयमा पनि बारम्बार मिडियामा समाचार आइरहन्छन् । श्रद्धाका पति शक्ति कपूरले पनि रोहनसँग पारिवारिक सम्बन्ध भएको बताएका थिए । तर, उनले श्रद्धा र रोहनको सम्बन्धको विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।
विद्युत जामवाल र नन्दिता महतानी
अभिनेता विद्युत जामवाल र फेशन डिजाइनर नन्दिता मेहतानीले यसै वर्षको जनवरीमा आफ्नो सम्बन्धको बारेमा खुलेर बताएका थिए । यी दुवैले लामोसमयदेखि आफ्नो सम्बन्धलाई गोप्य राखेका थिए ।
अथिया शेट्टी र केएल राहुल
क्रिकेटर केएल राहुल र अभिनेत्री अथियाबीच सम्बन्धको विषयमा पनि चर्चा भइरहन्छ । इंग्ल्याण्डमा खिचिएको एक तस्बिरले धेरैलाई यस विषयमा सोच्न बाध्य छन् । तर, अथिया र राहुलले अहिलेसम्म आफ्नो सम्बन्धको विषयमा कुनै पनि प्रतिक्रिया जनाएका छैनन् ।
कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा
यी दुई फिल्म ‘शेरशाह’ का मात्र चर्चामा छैनन् अफेयरका कारण पनि चर्चामा छन् । उनीहरु धेरै पटक सार्वजनिक स्थलमा भेटिएका छन् । यी दुईलाई अन्तरवार्ताका क्रममा अफेयरको बारेमा सोधिएको थियो तर उनीहरुलाई खुलेर कुनै जवाफ दिएका छैनन् ।


