Sunday, November 8, 2026
Homeसामाचारजेनजी प्रदर्शनमा हताहतप्रति राष्ट्रपति पौडेलको दुःख, शान्तिपूर्ण समाधानको आह्वान

जेनजी प्रदर्शनमा हताहतप्रति राष्ट्रपति पौडेलको दुःख, शान्तिपूर्ण समाधानको आह्वान

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभर भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा नागरिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख प्रकट गर्नुभएको छ। उहाँले मुलुकको वर्तमान परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण समाधान खोज्न सबैलाई आह्वान गर्नुभएको छ।

राष्ट्रपति पौडेलले प्रदर्शनमा ज्यान गुमाएका नागरिकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारलाई आग्रह गर्नुभएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। उहाँले सबै पक्षलाई संयम र धैर्यका साथ समस्याको निकास निकाल्न अपिल गर्नुभएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका