Saturday, November 7, 2026
Homeसामाचारजेनजी आन्दोलन छानबिन आयोगद्वारा पूर्वप्रधानमन्त्री केपी ओलीलाई बयानका लागि पत्र

जेनजी आन्दोलन छानबिन आयोगद्वारा पूर्वप्रधानमन्त्री केपी ओलीलाई बयानका लागि पत्र

काठमाडौं। जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि ओलीलाई औपचारिक रूपमा बयानका लागि बोलाएको हो।

आयोगले यसअघि लेखकसँगै सुरक्षा निकायका प्रमुखहरू, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवालाहरूसँग बयान लिइसकेको जनाएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गोली चलेको, दमन गरिएको तथा त्यससँग सम्बन्धित निर्णय र निर्देशनका विषयमा तत्कालीन सरकार प्रमुखको हैसियतले ओलीसँग बयान लिन लागिएको आयोगले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका