Saturday, November 7, 2026
Homeसामाचारजेनजी आन्दोलनमा सुरक्षाकर्मीको एसएलआर लुटेर प्रदर्शन गर्ने पक्राउ

जेनजी आन्दोलनमा सुरक्षाकर्मीको एसएलआर लुटेर प्रदर्शन गर्ने पक्राउ

काठमाडौँ — जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार लुटपाट गरी प्रदर्शनमा सहभागी भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति ललितपुर महानगरपालिका–२६, सुनाकोठीका सम्राट भनिने राजु परियार भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो।

उनका अनुसार गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीमा संलग्न रहँदै सुरक्षाकर्मीको एसएलआर राइफल बोकेर सिंहदरबार मुख्यद्वारसहित विभिन्न स्थानमा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको अभियोगमा परियारलाई पक्राउ गरिएको हो।

पक्राउ परेका परियारविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।

प्रहरीका अनुसार परियार यसअघि पनि विभिन्न मितिमा बैंकिङ तथा ठगीसम्बन्धी आपराधिक गतिविधिमा संलग्न रहेको तथ्य फेला परेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका