Saturday, November 7, 2026
Homeसामाचारजेनजी आन्दोलनमा सम्पर्कविहीन थुक्तेन अझै भेटिएनन् , खोजी गरिदिन आग्रह

जेनजी आन्दोलनमा सम्पर्कविहीन थुक्तेन अझै भेटिएनन् , खोजी गरिदिन आग्रह

सिमकोट (हुम्ला), २९ असोज — नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता भएका छन्। उहाँ गत भदौ २३ र २४ गते काठमाडौँमा भएको ‘जेनजी आन्दोलन’का क्रममा हराएको र अझैसम्म सम्पर्कमा नआएको उहाँका परिवारजनले बताएका छन्।

२४ वर्षीय थुक्तेन काठमाडौँको तीनचुली क्षेत्रमा बस्दै आएका थिए। नारायणथान गुम्बामा लामा शिक्षा सम्पन्न गरेर एक वर्षअघि देखि भतिजासँग तीनचुलीमा बस्दै आएका थुक्तेन आन्दोलन भएको दिनदेखि सम्पर्कविहीन भएका हुन्, उहाँका बुबा टैछिरिङ लामाले जानकारी दिनुभयो।

बुबाका अनुसार, थुक्तेनले भदौ ২৩ गतेको आन्दोलनमा सहभागी भएपछि कोठामा फिर्ता भएका थिए, तर भोलिपल्ट भदौ २४ गते कोठाबाट निस्किएपछि सम्पर्क टुटेको हो।

बेपत्ता छोराको खोजीका लागि उहाँका बुबा टैछिरिङ लामाले संबन्धित सबै निकाय र व्यक्तिहरूलाई सहयोग गर्न अनुरोध गर्नुभएको छ। उहाँका अनुसार, थुक्तेन परिवारका कान्छा छोरा हुन् र उहाँको बेपत्ता सम्बन्धी जानकारी जिल्ला प्रहरी कार्यालय हुम्ला र काठमाडौँ प्रहरीलाई समेत गराइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका