Sunday, November 8, 2026
Homeसामाचारजेनजी आन्दोलनका मृतकको सम्झनामा राष्ट्रिय शोक दिवस मनाइयो

जेनजी आन्दोलनका मृतकको सम्झनामा राष्ट्रिय शोक दिवस मनाइयो

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई सम्झना गर्दै आज माइतीघर मण्डलामा राष्ट्रिय शोक दिवसको अवसरमा मौन सभा र दीप प्रज्वलन गरिएको छ।

मृतकका परिवारहरूले आफ्ना प्रियजनहरूको सम्झनामा दीप प्रज्वलन गर्दै राष्ट्रिय शोक दिवसको कार्यक्रम आयोजना गरेका हुन्। कार्यक्रममा सहभागीहरूले मौन धारण गर्दै लोकतान्त्रिक अधिकार, स्वतन्त्रता र न्यायका लागि प्राण आहुति दिनेहरूको योगदानलाई उच्च सम्मान व्यक्त गरेका थिए।

यसअघि सरकारले आन्दोलनमा ज्यान गुमाउनेहरूलाई शहीद घोषणा गर्ने निर्णय गरिसकेको छ। साथै, पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।

माइतीघर मण्डलामा भएको कार्यक्रमलाई विभिन्न नागरिक समाजका प्रतिनिधि, विद्यार्थी, मानवअधिकारकर्मी र स्थानीयवासीले समेत साथ दिएका थिए। उनीहरूले आन्दोलनका मागलाई सम्बोधन गर्दै देशमा पारदर्शिता, सुशासन र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न सरकारलाई आह्वान गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका