Saturday, November 7, 2026
Homeसामाचारजेनजी आन्दोलनका क्रममा भएको क्षतिपछिको समन्वयका लागि गृह मन्त्रालयको निर्देशन

जेनजी आन्दोलनका क्रममा भएको क्षतिपछिको समन्वयका लागि गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको हानि–नोक्सानीबारे निजी क्षेत्रसँग छलफल गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ।

मन्त्रालयको बिहीबार बसेको सचिवस्तरीय बैठकले आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गर्दै अनुकूल व्यावसायिक वातावरण तयार गर्न आवश्यक पहल गर्न सम्बद्ध समितिहरूलाई आग्रह गरेको हो।

निर्णयअनुसार जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य सङ्घ तथा व्यवसायीहरू सहभागी हुने गरी बैठक आयोजना गर्न र त्यस्तो छलफलमार्फत आवश्यक समन्वय तथा सहजीकरण गर्न अनुरोध गरिएको छ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “गत भदौ २३ र २४ गते जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनका क्रममा सार्वजनिक र निजी क्षेत्र दुबैमा उल्लेख्य जनधनको क्षति भएको स्पष्ट छ। त्यसका लागि जिल्ला सुरक्षा समितिका पदाधिकारी र उद्योग वाणिज्य सङ्घलगायत सरोकारवालाको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्न/गराउनु अनुरोध छ।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका