Friday, April 24, 2026
Homeअन्तराष्ट्रियजापानमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं: जापानमा ७. १ रेक्टरको शक्तिशाली भूकम्प गएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे अर्थात् (युएसजीएस) का अनुसार दक्षिणी जापानमा भूकम्प गएको हो ।

जापानी प्रसारक एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमा जस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ। जापानका प्रधानमन्त्रीले पनि भूकम्पबारे केही निर्देशन जारी गरेका छन् ।

प्रधानमन्त्रीको निर्देशन अनुसार सुनामी र विस्थापित सम्बन्धि सही जानकारी जनतालाई समयमै उपलब्ध गराउनु पर्नेछ । साथै, नोक्सान रोक्न नागरिकहरूलाई बाहिर निकाल्ने जस्ता कदमहरू चाल्नुपर्छ। जतिसक्दो चाँडो क्षतिको अवस्थाको आँकलन गर्न भनिएको छ ।

स्थानीय सरकारहरूसँग घनिष्ठ समन्वय कायम गर्न र जनताको जीवन बचाउन कुनै कसर बाँकी नराख्न पनि भनिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका