काठमाडौं । जल तथा मौसम विज्ञान विभागले जाजरकोटको नलगाडस्थित रौलाखेत जलमापन केन्द्रमा जलसतह सतर्कता तह नाघेको जनाएको छ।
विभागका अनुसार जलसतह निरन्तर बढिरहेको भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै विभागले स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला संस्थाहरुलाई आवश्यक पूर्वतयारी गर्न समेत अनुरोध गरेको छ।


