Sunday, November 8, 2026
Homeसामाचारजागिरको प्रलोभनमा भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

जागिरको प्रलोभनमा भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौँ। भारतको उत्तराखण्ड राज्यको काशीपुरमा बन्धक बनाइएका ३५ जना नेपाली नागरिकको उद्धार गरिएको छ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उत्तराखण्ड प्रहरी र केआइन इन्डियाको सहयोगमा ती नेपालीहरूको उद्धार गरेको जनाएको छ।

उनीहरूलाई आकर्षक जागिरको प्रलोभनमा भारत लगेर बन्धक बनाई कुटपिट र यातना दिइएको थियो। साथै, विभिन्न शीर्षकमा रकम असुलिएको दूतावासले जनाएको छ।

उक्त घटनासँग सम्बन्धित केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको दूतावासले जानकारी दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका